२०८१ असार ३० गते आइतवार

प्रेमिकालाई भेट्नका लागी हुम्ला पुगेका रुकुम पुर्वका संसार घर्ति मगरको हत्या



चेतन वली

चैत १७

 प्रेमिकालाई भेट्नका लागी हुम्ला पुगेका रुकुम पुर्वका एक युवकको हत्या भएको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ६ मयाङ निवासी २२ वर्षीय संसार घर्ति मगरको शव खोलामा अट्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी भिम भट्राईले जानकारी दिनुभएको छ । उहाँका अनुसार मृतक घर्ति आफ्नी प्रेमिकालाई भेट्ने उदेश्यले ४ महिना अगाडी गत मंसिर ६ गते रुकुम पुर्वबाट हुम्लाका लागी हिडेको भएपनी ८ गते मात्रै उनी हुम्ला पुगेका थिए । हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरीरहेकी दाङकी राधा थापालाई भेट्नका लागी हुम्ला पुगेका घर्ति मंसिर ८ गते अपरान्ह ४ बजेदेखी सम्पर्क विहीन भएका थिए ।
उनी वेपत्ता भएको जानकारी पाय लगत्तै खोजी कार्य तिव्र पारेको र यही चैत १२ गते मात्रै हुम्लाको चंखेली गाउँपालिका ६ स्थित कर्णाली नदिमा माछा मार्ने क्रममा स्थानीयले शव फेला पारेर आफुलाई खबर गरेको डिएसपी भट्राईले बताउनुभएको छ । शव गलेको अवस्थामा फेला परेकाले रुकुम पुर्वबाट मृतकका आफन्ती हुम्ला पुगेपछी मात्रै शरिरमा भएका चिजवस्तुका आधारमा शवको पहिचान गरीएको उहाको भनाइ छ । पोष्टमार्टम पछी शव आफन्तीको जिम्मा लगाइएको छ । घटनामा संलग्न भएको आसंकामा अन्य ३ जना युवा सहित मृतककी प्रेमिका भनिएकी दाङकी राधा थापालाई यस अघिनै पक्राउ गरी अनुसन्धान थालेको डिएसपी भट्राईले बताउनुभयो । साथै हुम्लाका डिएसपी भट्राईले उनीहरुले नै हत्या गरेको भन्ने पुष्टी भई नसकेको र अनुसनधानकै क्रममा रहेकाले नाम खुलाउन नमिल्ने भन्दै अन्य तिन जना युवाको नाम खुलाउन चाहानु भएन ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार