
चैत १०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको जुगार शाखाले शुक्रबार त्रिवेणी गाउँपालिका वडा नं. ६ काउलाबोटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जुगार शाखाका शाखा प्रबन्धक दोर्ण सुवेदीले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, चक्रिय ब्याज जादृ, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
विद्यालयका करिब पचास जना शिक्षक , अभिभावक बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । आफ्नो विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक धन बहादुर वलीले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धकले गर्नुभएको थियोे ।