२०८० जेष्ठ २२ गते सोमवार

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ३१ औं विश्व खानेपानी दिवस मनायो



तुलसीपुर,८ चैत । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मुहानमै ३१ औं विश्व खानेपानी दिवस मनाएको छ । बुधबार परेको दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित पहर मुहानमा गएर खानेपानी दिवस मनाएको हो ।

मुहान संरक्षणकालागि प्रत्येक बर्ष मुहानमै पुगेर दिवस मनाउने गरिएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।‘मुहानको अबस्था बुझ्न र त्यसलाई संरक्षण गर्नकालागि हामी मुहानमै गएर दिवस मनाउने गरेका छौं’,उनले भने‘यो बर्ष पनि हामीले मुहानमै पुगेर कार्यक्रम ग¥यौं ।’

पछिल्लो समय पानीका मुहान पनि सुक्दै जादा खानेपानीको हाहाकार मच्चिने गरेको भन्दै मुहान संरक्षण गर्न यसरी कार्यक्रम गर्नु सकारात्मक भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । ‘पानीका मुहान संरक्षण गर्नु हामी सबैको दायित्व हो, तर, मुहान संरक्षणमा कसैको पनि चासो जाने गरेको पाइदैन’,उनले भने‘अब हामीले मुहान संरक्षणलाई बिशेष ध्यान दिनुपर्छ ।’

संस्थाका विभिन्न ७ वटा मुहान छन् । उपाध्यक्ष सिताराम शर्माका अनुसार मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरे चौरमा पानीका मुहानहरु छन् । ति मुहानहरुमा बैशाख जेठतिर विस्तारै पानी कम हुँदै जाँदा पानी पु¥याउन हम्मे–हम्मे पर्ने गरेको छ । त्यस्तै संस्थाका ८ वटा भूमिगत मुहानहरु छन्, ३ वटा सम्पवेल छन् । हाल संस्थाका ८ हजार बढि उपभोक्ता छन् । जसले तुलसीपुरका ९ वटा वडालाई खानेपानी पु¥याउँदै आएको छ ।

सदस्य आशा जीसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर ५ का वडाध्यक्ष बीरेन्द्र कुमार शाह, वडा नं.१० का अध्यक्ष यमराज केसी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका राजकुमार पोखरेल, संस्थाका सल्लाहकार जनक खराल, पत्रकार बालाराम खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार