२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु,श्रीमती र छोरी गम्भिर घाइते



दाङमा  मिनी ट्रकले माेटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३-००१ क ०१६९ नम्बरको मिनी ट्रकले  कुइरेपानीमा बागमती  प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हाे ।दुर्घटनामा परि मोटरसाइकलमा सवार प्युठान नौवहिनी गाँउपालिका ६ का ३२ वर्षका राजन केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । दुर्घटनामा निजकी श्रीमती २६ वर्षकी सन्ध्या केसी र २ वर्षकी छोरी राष्टीयता केसी गम्भिर घाइते भएका छन् । घाइतेको दुवैजनाको घोराहि स्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार