२०८१ माघ २४ गते शुक्रवार

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित



चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्

शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।
उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी विजयी बने । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार