२०८१ बैशाख ७ गते शुक्रवार

सामुदायिक बिद्यालय लाई थप उत्कृष्ट बनाउने छु : अध्यक्ष



फागुन २९

तुलसीपुर उपमहानगरका सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले सामुदायिक बिद्यालय थप उत्कृष्ट बनाउने बताएका छन ।   वडा नम्बर  ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक उत्सवलाइ सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।   वडा नम्बर ११ कन अध्यक्ष समेत रहेको रावतले उत्कृष्ट तथा गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयलाई अव्वल बनाउने बताएका छन ।
सामुदायिक बिद्यालय प्रति समाजकाे दृष्टिकोण फरक रहेकाे हुदा  सकारात्मक परिणाम  ल्याउने गरि काम अघि बढाएकाे उनले बताएका छन ।  उनले लामाे समय देखि  विद्यालयमा  तहगत प्रधानाध्यापक नभएकोमा व्यवस्थापन गर्ने काम अघि बढेको बताए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर बिकले विद्यालयलाई सबै खाले सेवा सुविधायुक्त बनाईने बताएका छन त्यस अवसरमा  स्थानीय मान बहादुर घर्तीले आफ्ना बुवा आमाको स्मृतिमा तथा लोक बहादुर बुढा मगर एग्गे बहादुर बुढा मगर,दुर्गे बुढा मगर,बिरेन्द्र बुढा मगर र सुरेन्द्र बुढा मगर ले आफ्ना स्वर्गीय बुवा आमा को स्मृतिमा विपन्न वर्ग छात्रवृत्तीका लागी अक्षयकोष राख्ने गरी ५० हजार रुपैयाँ बिद्यालय लाइ हस्तान्तरण गरेका थिए ।

बिद्यालय बिव्यस अध्यक्ष लिलामणी बाठाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा महाशाखाका  चक्र भण्डारी  लगायतले आफ्नो मन्तब्य राखेका थिए भने बिद्यालयमा अध्ययनरत बालबालिका हरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार