
ज्ञानेश्वर सहानी/नवलपरासी / फाल्गुन १८
पश्चिम नवलपरासी मा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख रुपैया बढी मूल्य पर्ने अबैध कोईला बरामद गरी महेशपुर भन्सार कार्यालय मा बुझाईएको छ ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ०४ हरकपुरा बाट लु १ त १९०५ र लु १ त ५४०९ र लु २ त १९११ नम्बर को ३ टयाक्टर अबैध कोईलाहरु भारतबाट भन्सार छलेर ल्याउँदै गरेको समय मा सशस्त्र प्रहरी बल भुजहवाको टोलीले कोईला सहित टयाक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी-सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले जानकारी दिनु भएको छ ।
पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचार अनलाइन मिडियाहरुमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो।
सशस्त्र प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सहितका अवैध सामान बरामद हुन थालेका हुन्। प्रतापपुर गाउँपालिका वडा नम्बर ०४ हरकपुरा बाट लु १ त १९०५ र लु १ त ५४०९ र लु २ त १९११ नम्बर को ३ टयाक्टर अबैध कोईला ५ लाख गरि ३ टयाक्टर जम्मा १५लाख र ६५००केजी कोईला १५ रुपैया मुल गरि ९७५०० बराबर को कोईला लोड गरी लैजादै गरेको सशस्त्र प्रहरी भुजहवाले प्रतापपुर गाउँपालिका वडा नम्बर ०४ हरकपुरा बाट बरामद गरेको हो।
विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला
सशस्त्र प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणकालागि परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी-सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले बताए।
चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ।