२०८१ जेष्ठ ८ गते मङ्गलवार

श्रीमतीलाई कुटपिट गर्ने श्रीमान खुकुरी सहित पक्राउ



दाङको तुलसीपुरमा श्रीमतीलाई कुटपिट गर्ने श्रीमान खुकुरी सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१७ बनकट्टी निवासी मेघ बहादुर रोका रहेका छन् ।

तुलसीपुर –१९ स्यालापानी स्थित माइतीको घरमा बस्दै आएकी जेठी श्रीमती वर्ष ४३ कि निर्मला रोकालाई आरोपीले निर्घात कुटपिट गरेका थिए । श्रीमती कुटपिट गर्ने र खुकुरीले घरको ढोका काट्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार