२०८२ बैशाख ४ गते शुक्रवार

हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्न वडा-बासीहरुलाई आग्रह : बिर बहादुर बि,क



राष्ट्रिय अभियान अन्तरगत फागुन ११ गते देखि हात्तिपाइले रोग विरूद्धको औषधी सेवन अभियान सुरू हुदैछ । सोही अन्तर्गत तुल्सिपुर उपमहानगरपालिका वडा ३ ले पनि फागुन ११ गते देखि हात्तिपाइले रोग विरूद्धको आम औषधी सेवन अभियान सुरू हुन लागेको हो । हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्न वडा अध्यक्ष बिर बहादुर कि,क ले वडाबासीहरुलाई सबैमा आग्रह गर्नु भएको छ ।

हात्तिपाइले रोग लागेका मानिसलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने भएकाले यस रोगबाट बच्न अभियानको बेला औषधी सेवन गर्नुपर्ने रानागाउ नगर स्वास्थ्य शाखा प्रमुख जिवन खड्काले बताउनु भयो । हात्तिपाइलेबाट बच्न औषधी सेवन गर्नुपर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख खड्काले आग्रह गर्नु भयो । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निको हुने समेत उहाँले बताउनु भयो । प्रमुख खड्काका अनुसार राष्ट्रिय अभियान अनुसार यस वर्ष स्वास्थ्यकर्मीकै उपस्थितीमा औषधी खुवाईने भएको छ । स्वास्थ्यकर्मीले औषधी दिएपनि धेरै जस्तो मानिसले नखाएर फालेको पाईएकाले यस पटक स्वास्थ्यकर्मीकै अगाडी औषधी खुवाउने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार