
चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत चयन हुनु भएको छ । संघको सोमबार भएको पाँचौ अधिवेशनले केसीको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूणर् केसी र दिपक कुमाल बिच प्रतिस्पर्धा भएको हो । निर्वाचनबाट केसी निर्वाचित हुनु भएको छ । २५ जना मतदाता रहेकोमा उपाध्यक्ष पदका लागि १४ मत खसेको हो । निर्वाचित केसीले ८ मत प्राप्त गर्नुभएको छ भने कुमालले ६ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी संघको सचिवमा निरला अर्याल गैरे, सहसचिव तिर्थराज चौधरी, कोषाध्यक्ष भुपेश वली सर्वसम्मत चयन हुनु भएको छ । यस्तै सदस्यमा आशिष केसी, रमेश सुनार, झग्गु भण्डारी र एकराज भण्डारी रहनु भएको छ दाङ शाखाको अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा नायक रमित ढुंगानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।

महिला मानवअधिकारकर्मी शुष्मा गिरी, रिपोटर्स क्लव दाङका शरद रेग्मी, चलचित्र निर्देशक ऋषिराज आचार्य लगायतकाले मन्तव्य चलचित्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभएर समाज रुपान्तरण गर्ने बताएका छन् ।