२०८० चैत्र १६ गते शुक्रवार

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित



काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहिबार भएको निर्वाचनमा कांग्रेसका इश्वरी न्यौपालेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । उनको पक्षमा १ सय ६७ मत पाए ।

घिमिरेले झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनले माओवादीका हरि रानालाई पराजित गरेर प्रतिनिधि सभामा पहिलो पटक सहभागिता जनाएका हुन् ।

उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिए । बताएका छन् ।

एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांंसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र तीन सांसद जोड्दा घिमिरेको पक्षमा १७० मत झरेको छ । ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार