२०८२ बैशाख ५ गते शनिवार

पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहारी गायिका:निरा छन्त्याल



पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहारी गायिका परेकी छन् । उक्त जहाज दुर्घटनामा लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।

बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएको पारिवारिक स्रोतले पुष्टि गर्‍यो । अहिले उनकाे अवस्था कस्ताे छ, कुनै जानकारी छैन ।

उनी आज दुर्घटनाग्रस्त भएको यती एयरलाइन्स ६१९ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् । गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ। 

गायिका छन्त्यालले हिजो नै पोखरा जान लागेको जानकारी फेसबुकमा शेयर गरेकी थिइन् । उनले १८ घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । ‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।  बिहान १०ः११ मा उनले माघे सङ्क्रान्ति पर्वको शुभकामना सन्देश पोस्ट गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार