
पुस २१
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले हालै प्रकाशन गरेको डिप्लोमा दोस्रो सेमेस्टरको नतिजामा तुलसीपुर मेट्रो कलेज देशमै उत्कृष्ट भएको छ । कलेज प्रमुख वसन्त आचार्यले सिटिइभिटीका सबै कलेजहरू मध्ये तुलसीपुर मेट्रो कलेजले धेरै विद्यार्थी उत्तीर्ण गराएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार ६६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर कलेजले देशमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको कार्यक्रम संयोजक अपिल आचार्यले जानकारी दिए । यसैगरी इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ८६.११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेज प्रमुख आचार्यले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका र सिटिइभिटीको साझेदारीमा कलेज सञ्चालन भएको हो ।
प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार