२०८१ साउन ६ गते सोमवार

अर्घाखाँची ढुंगाले लागेर ओम प्रकाश थापाकाे मृत्यु



अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ जोगीमारेका ओम प्रकाश थापाको ढुंगाले लागेर मृत्यु भएको छ । ६२ वर्षिय थापा कामको शिलशिलामा मालारानी गाउँपालिका वडा नं. २ झरनामा गएका थिए ।

काम गर्ने क्रममा ढुंगो उच्छिट्टिएर लाग्दा उनको टाउकोमा चोट लागेको थियो । टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा दिउँसो करिव ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार