२०७९ माघ १६ गते सोमवार

अटाे भिलेजको अध्यक्षमा फेरि • पोख्रेल •सचिवमा विप्लव वलि चयन



पुस १८

राप्ती अटो इन्जिनियरिङ एशोसियशन, अटो भिलेज निर्माण तथा व्यवस्थापन समिती तुलसीपुरको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ तुलसीपुर अटो भिलेजको सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अटो भिलेज निर्माण तथा व्यवस्थापन समिती तुलसीपुरका अध्यक्ष पदम प्रसाद पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननिय रेखा शर्माको प्रमुख आतिथ्यता एवं अटो महासंघका अध्यक्ष यम प्रसाद भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रममा प्रमुख अतिथि शर्माले तुलसीपुरको अटो भिलेज निर्माण संगै व्यवस्थित गर्नको लागि प्रदेश सरकारबाट पहल गर्ने बताइन् । भएकाे थियोे र  व्यवसायीहरुलाई प्रभावकारी सेवा दिन आग्रह समेत गरिन् । कार्यक्रमको सन्चालन कोषाध्यक्ष चिरञ्जीवी रेग्मीले गरेका थिए ।
अटोभिलेजको नयाँ कार्य समिति चयन गरिएको छ । जस्को अध्यक्षमा पदम पोख्रेल (जेठु कान्छु) वरिष्ठ उपाध्यक्षमा दिलिप शर्मा, उपाध्यक्षमा हरी प्रसाद भुसाल, सचिवमा विप्लव वली, कोषध्यक्षमा चिरञ्जीवी रेग्मी चयन चयन भएका छन् ।  सदस्यहरुमा धन बहादुर बोहरा, नरेन्द्र चौधरी, अर्जुन रिजाल लगाएत रहेका छन रमेश वलि जानकारी दिनु भयो

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार