
तुलसीपुर दाङ ५
। तुलसीपुरमा जारी प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवकाे अन्तिम तिर दर्शक बढ्दै गएका छन् । गएको मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवमा आज पनि दर्शकले भरपुर मनाेरञ्जन लिएका छन । चर्चित गायिका रचना रिमालले फाेटाे फिरिममा लगायतका गितले दर्शककाे मन जितेकि थिइन । यस्तै गायक सन्दिप न्याैपानेले लालु मै लगायतका गितहरुले दर्शकलाई मनाेरञ्जन दिएका थिए । कार्यक्रममा काङ्ग्रेसका नगर सभापति शुरेस हमालले कलाकारलाई विदाई गरेका थिए ।
यस्तै, बुधबार पनि चर्चित कलाकारकाे प्रस्तुति रहने भएको छ । बद्री पङ्गेनि,टीका सानू , माेडक अन्जलि अधिकारी लगायतको प्रस्तुति रहने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । तुलसीपुरमा अत्याधुकि पुस्तकालय स्थापनाका लागि सञ्चालन गरिएको महाेत्सव पुस ६ गते सम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार