२०८१ बैशाख ९ गते आइतवार

संसदीय दलको नेताको लागि उम्मेदवारी दिए महामन्त्री गगन थापा कांग्रेसका युवा नेताहरुकाे समर्थन



काठमाडौं । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई कांग्रेसका युवा नेताहरूको समर्थन देखिएको छ ।

संस्थापनइतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरूद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन् ।

यसैगरी कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालले समेत थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर उनीनिकट सांसद्हरूसँग गगनको पक्षमा मत मागिरहेका छन् । 

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ ।

यद्यपी संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आकलन छ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार