२०८१ साउन ६ गते सोमवार

तुलसीपुर महोत्सवमा  पुस १ गते शुक्रबार रमेशराज-सहिमा श्रेष्ठ लगायतका कलाकार आउदै



दाङ :तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा भाेलि पुस १ गते गायक रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ लगायतको प्रस्तुति रहने छ भने कार्यक्रमकाे सञ्चालन ढाकाराम पाैडेलले गर्नेछन्
तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ ।
महोत्सवमा तीन सय बढी स्टलहरू राखिएको छ ।
महोत्सव पुस ६ गते सम्म सञ्चालन हुने छ
। तुलसीपुरमा अत्याधुकि पुस्तकालय स्थापनाका लागि युथ्स अफ तुलसीपुरले सञ्चालन गरेको महाेत्सव पुस ६ गतेसम्म चल्ने अध्यक्ष अरुण लहरेले जानकारी दिए  

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार