
मंसिर २७
दाङ
दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा भाेलि बुधबार चर्चित गायक रामजी खाँड आउने भएका छन ।
कार्यक्रममा गायीका मन्जु पौडेल र स्थानीय कलाकारको साँगितिक प्रस्तुती रहने छ ।
तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ ।
महोत्सवमा तीन सय बढी स्टलहरू राखिएको छ ।
महोत्सव पुस ६ गते सम्म सञ्चालन हुने छ ।
आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले राप्ती सञ्चार अनलाइन जानकारि दिनु भएकाे छ । ।
प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार