
मंसिर । दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश ३(१) का उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उहाँका श्रीमान प्रदिप चौधरीले जानकारी दिनुभयो । आफन्तसँग भेटघाटमा रहनु भएका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिनुभएको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार