
रुकुम पश्चिम,२ मंसिर/ रुकुम पश्चिमको एक घरमा आगलागी हुदा २५ लाख बराबरको क्षेती भएको छ । त्रिवेणी गाउँपालिका ८ निवासी पहलसिंह खड्काको घरमा आगलागी भएको स्थानीय लक्ष्मण बिकले जानकारी दिनुभएको छ ।घरमा कोहि नभएको बेला बिद्युत सट भएर आगलागी भएको बताईएको छ । आगलागीबाट खड्काको घरभित्रका सम्पूर्ण सामान सहित घरमा रहेको नगद दुईलाख गरी करिब २५ लाख बराबरको क्षति भएको त्रिवेणी गाउँपालिका ८ का वडा अध्यक्ष नन्दराम खड्काले जानकारी दिनुभएको छ । आगो स्थानियले नियन्त्रणमा लिएका थिए । क्षतिको सम्पूर्ण विवरण आउँन बाँकि रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार