१ मंसिर,जुम्ला/ जुम्लाको तिला गाउँपालिका ४ मा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
त्रिवेणीबाट भेरिखाेलाका लागि छुटेको भे १ च २१८८ नम्बरको बाेलेराे जिप दुर्घटना हुँदा ३ जना प्रहरी र ३ जना कर्मचारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाइतेको विवरण भने खुल्न बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार








