
१६ कत्तिक,धादिङ/ नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुरासुन्दरी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीया भवानी खकुराल जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसारहिजो मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर उहा घाइते हुनुभएको थियो । घाइते खकुराललाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ मृत्यु भएको हो । उहाको बीमा नगरिएकोले क्षतिपूर्ति नेपाल सरकारको निर्णय अनुसार हुने खत्रीले बताउनुभएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार