२०८२ बैशाख ७ गते सोमवार

बझाङमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । नाम सहित



जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी हवलदार शेरबहादुर चन्दका अनुसार मष्टा गाउँपालिका–२ का ५ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा मष्टा गाउँपालिका–२ का २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दीक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार