
२२असोज,दाङ/ दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाको चौथो स्थापना दिवस दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। आजको कार्यक्रम रगैजामा सम्पन्न गरिएको थियो,संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको अध्यक्षता तथा संस्थाका सल्लाहकार यमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको हो । उद्योग वाणिज्य संघले स्थापना दिवसका अवसरमा राखिएका अन्य कार्यक्रमहरु निर्वाचन आचारसंहिता र अविरल वर्षाका कारण अर्को मितिमा राखिएको र प्रमुख अतिथिले उक्त कार्यक्रममा उद्योग बाणिज्य संघको कार्यालय निर्माणको लागि जग्गा प्रदान गर्ने घोषणा सहित निर्णय भएको उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्र राज शर्माकोले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार