२०८२ बैशाख ७ गते सोमवार

ग्वार खोलामा डुबेर १४ बर्षका अविसेक भुसाल निधन 



तुलसी असाेज १६ अाईतबार

ग्वार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निबासी १४ बर्षका अविसेक भुसाल रहेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिनुभयो ।

दिउँसो साढे तीन बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविसेक डुबेको अध्यक्ष भण्डारीले बताउनुभयो । डुबेको जानकारी पाए लगत्तै गएको जनप्रतिनिधी, प्रहरी र स्थानीयको टोलिले ३ घण्टापछि हिलोमा गाडिएको अवस्थामा भुसालाई मृत फेला पारेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार