
असाेज ६ दाङ
गत भदौ मा आएको बर्षाको कारण तुलसीपुर उपमहानगरपालिका वार्ड न ८ स्थित गहते खोला – बागमारे कृषि सडक खण्डको गहते खोला नजिक कटान गरि क्षतीग्रस्त खण्ड्को तुलसीपुर उपमहानगरपालिका ले ढुंगा उपलब्ध गराउने र सडक डिभिजन कार्यालयले काम गर्ने सहमति भएको लामो समय बितिसक्दा पनि काम नहुदा जनताले सास्ती ब्यहोर्नु लरेको छ।
सहमति अनुसार तुलसीपुर उपमहानगरपालिका ले ढुङ्गा थुपार्ने काम असोज ३ गते देखि सुरु गरिसकेको छ तर ठेक्का लगेको निर्माण कम्पनी ले अहिलेसम्म यस काम को सुरवात गर्न सकेको छैन। जसले गर्दा सो सडक हुँदै यात्रा गर्ने यात्रुहरूले सास्ती ब्यहोर्नु परेको छ।
समयमा यो काम सम्पन्न नहुदाँ जनात ले दुख सास्ती र जोखिम यात्रा झेलि रहनु परेको हुदा यथाशीघ्र सडक निर्माण गर्न स्थानीयले माग राखेका छ्न।
लामाे समय सम्म पनि कसैले चासााे दिएका छैन जाेखिम यात्रा गरिरहेका छन
