२०८० चैत्र १६ गते शुक्रवार

आयो ‘राडर ‘ तुलसीपुरमा



२ असोज,तुलसीपुर / तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि त्यसको न्यूनिकरणका लागि तुलसीपुरमा राडर गन ल्याइएको छ । अधिकांस दुर्घटना तिब्र गतिका कारण भएको तथ्याङ्क देखिएपछि १५ लाख मूल्यको राडर गन ल्याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।तीन सय मिटर टाढासम्म कुन गाडी कति गतिमा गुडेको छ त्यसको अंक गनमा देखाउँनुका साथै तस्बिर पनि खिच्ने भएकोले राडर गन निकै उपयोगी हुने डिएसपी मल्लले बताउनुभयो । अब केहि दिनमै ट्राफिक प्रहरी सहित सडकमा पठाईने छ । राडर गन तुलसीपुरमा पहिलो पटक ल्याईको हो ।यस अघि ट्राफिकसंग मापसे चेक गर्ने ब्रेथलाइजर मेसिन मात्र थियो । गन संचालनमा आएसंगै अब बजार क्षेत्रभित्र सवारी साधन स्पिडमा चलाउन पाइने छैन । बजार क्षेत्रको गति अब प्रति घन्टा २० किलोमिटरको हुने छ । त्यो भन्दा बढी भएमा जरीबान गरिने छ । प्रहरीका अनुसार दक्षिणमा एयरपोर्ट, पूर्वमा मोतिपुर गेट, पश्चिममा भ्याली पेट्रोल पम्प र उत्तरमा डाँडापातुलाई बजार क्षेत्र मानिने छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार