
३१ भदौ,दाङ/नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी) दाङको २५ ऑ जिल्ला सम्मेलन सम्पन्न भएको छ।निर्मला खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो।२५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजक निर्मला खड्काको अध्यक्षता,संगठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एबं दाङ जिल्ला इन्चार्ज तिलकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
हेमराजको स्वागत मन्तव्य तथा सांस्कृतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रमको अनौपचारिक सञ्चालन संगठनका केन्द्रिय सदस्य तथा नवलपुर/नवलपरासी जिल्ला इन्चार्ज सन्देशले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन परशुराम क्षेत्रीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि लगायतका अन्य अतिथिहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार