
भदाै २२
१. बलात्कारको आरोप प्रमाणित भएन सफाई दिइयो।तर बाल यौन दुब्र्यवहारको अर्को मुद्दा स्थापित गरेर जेल सजाय सुनाइयो।जसरी पनि फसाउने जुक्ति लगाइयो।बलात्कार त गरेको रैनछ, तर अर्को मुद्दा लगाएर भए पनि जेल हाल्दिम न त भनेर फैसला गरे जस्तो भयो।
२. मुद्दा जर्बजस्ति करणीको छ, फैसला आउॅछ बाल यौन दुब्र्यवहारको।करणीको मुद्दामै अदालत केन्द्रित हुनुपर्ने होइन् र ? करणी गरेको हो वा होइन् ? यतिमै फैसला गर्नुपर्ने होइन् र ? जर्बजस्ति करणी प्रमाणित नहुने भएपछि अर्को कम्जोर खोजेर पललाई जेल कोच्ने काम गरियो।यो निन्दनिय छ।
३. पिडित बालिकाले नै घटना भएको होइन् भनेपछि अदालतले जर्बजस्ति घटना भएकै हो भनेर पिडित बालिकाको इज्जवत लिलामि गरेको ठर्हछ।उनले घटना नै होइन् भनेपछि अदालतले बालिकाको इज्जवतमा हिलो छ्याप्ने काम गर्न अदालतले पाउॅछ ?
४. अदालतले पल शाहलाई भन्दा पनि पिडित नाबालिकाको मनोविज्ञानसॅग खेलबाड गरेको छ।बालिका सबैले चिनेकी अनुहार हुन्, उनले होइन् भन्दा भन्दै पनि अदालतले यौन दुब्र्यवहार चॅाही भएकै हो भनेर प्रमाणित गरेर गर्न खोजेको के हो ? इज्जवतमा दाग लगाउन खोजेको हो ?
५. बालिका र बालिकाको परिवारलाई क्षतिपुर्ती चाहिएकै छैन्, उनीहरूलाई छोरीको इज्जवतमा दाग नलागोस भन्ने चाहेको छ, त्यो भनेको न्याय हो।तर अदालतको फैसलाले त बालिकालाई झनै पिडित बनाएन र ? बालिका र उनको परिवार दाग नलागोस भन्ने चाहान्छन् तर अदालतले दाग लगाइदियो।के त्यो १० लाख रूपैयॅाले नाबालिकाले अदालतले लगाइदिएको दाग धुन मिल्छ ? धोइन्छ ?
६. मलाई लाग्छ अब बालिकाले पल शाह विरूद्घ होइन्, अदालत विरूद्घ मुद्दा दर्ता गर्नुपर्छ।उनले होइन् भन्दा पनि, यौन दुब्र्यवहार भएकै हो भनेर फैसला गर्ने अदालत के भगवान हो ? न्यायधिश के भगवान हुन् ? नाबालिकाको इज्जवतमा धावा बोल्ने अदालत नै सर्वोपरि हो ?
७. न्यायधिशले पब्लिक सेन्टिमेन्ट बुझेनन्, उनले पललाई सफाई दिएर मात्रै पनि जनताको नजरमा हिरो हुन सक्थे।तर उनी त भिलेन भए।यति धेरै प्रशंसकहरूको श्राप लाग्नेछ उनलाई।एउटा सोझो निर्दोष केटोलाई फसाएर के न्यायधिशलाई निन्द्रा लाग्ला ? होइन भन्दा पनि यौन दुब्र्यवहारसम्म चॅाही गरेकै रहेछ नि भनेर फैसला गरेर एउटी छोरी चेलीको इज्जवत माथि खेलबाड भएन र ?
८. यो त चोरी मुद्दा हालेर चोरी मुद्दामा सफाई दिएर चोरेको चॅाही होइन् रहेछ तर चोरेको जस्तो गरेछ त्यसैले मान्छे झुक्याएको भन्दै ठगी मुद्दामा जेल सजाय तोके जस्तो भएन र ?
९. यो फैसलाबाट सबैभन्दा दु:खी यदी कोही छ भने त्यी नाबालिका नै हुन्।उनी चहान्थिन आफ्नो इज्जवतमा दाग नलागोस्, तर अदालतले दाग लगाइदियो।होइन होइन भन्दा भन्दै पनि एउटी नाबालिका माथि जर्बजस्ति फैसला थुपार्ने अदालतलाई के भन्नु ?
तथापि अदालत र न्यायधिशप्रति उच्च सम्मान।मनमा लागेको कुरा लेखियो, गल्ति भए माफ पाऊॅ।
तनहॅु जिल्ला अदालतले यहि गल्ति नदोह्याओस्, कामना।