२०८१ बैशाख ४ गते मङ्गलवार

त्रिवेणी गाउँपालिका रोल्पाले मनायो मानव बिचबिखन विरुद्धको दिवस



भदौ २०

मानव बेचबिखन बिरुद्धको १६ ओै राष्ट्रिय दिवस त्रिवेणी गाउँपालिका रोल्पामा भव्यरुपले मनाइएको छ ।। मन्त्रालयले गरेको परिपत्र अनुसार “तिनै तहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार ” भन्ने मुलनारा सहित मानव बेचबिखन बिरुद्धको १६ ओैं राष्ट्रिय दिवस त्रिवेणी गाउँपालिकाका सात वटै वडाहरुमा विभिन्न सरोकारवाला निकायका व्यक्तित्वहरुको व्यापक उपस्थितिमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको हो ।।
मानव बेचबिखन यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार हो । यो एक सामाजिक अपराध हो ।मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये जल्दोबल्दो अपराधको रूपमा मैलाएको छ। चेलीबेटी बेचबिखनको मुख्य कारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता कारणले मानव बिचबिखन भै रहेको त्रिवेणी गाउँपालिका महिला बालबालिका शाखा इकाई प्रमुख हिरा बुढाले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार