
तुलसीपुर
१७-भदौ/ तुलसीपुर बजार क्षेत्रमा विभिन्न गाडिहरु लामो समयदेखि मुख्य सडक मै पार्किङ हुन्छन् । बजारका विभिन्न मुख्य सडकमा मोटरसाईकल देखि स्थानीय रुटमा सञ्चालनमा आउने सवारी साधन लामो समयसम्म सडकमै पार्किङ हुँदा पैदल यात्रुदेखि व्यवसाय सञ्चालन गर्ने व्यापारीले समेत लामो समयदेखि सास्ती भोग्नु परेको छन् । यसरी जथाभावी सवारी साधन पार्किङ हुँदा बजारको सुन्तरतामा कमी आउनुका साथै सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । तुलसीपुर बजार क्षेत्रको बंंैकहरुको अगाडी अझ धेरै अव्यवस्थित रुपमा वाईकहरु पार्किङ गरेको देख्न सकिन्छ । यसरी बजारमा अव्यवस्थित पार्किङ हुँदा ट्राफिक प्रहरीलाई व्यवस्थित रुपमा पार्किङ मिलाउन समेत सास्ती हुने गरेको छ ।
यसैबीच तुलसीपुर बजारमा पार्किङ व्यवस्थित गर्नको लागि सरोकार वाला निकाएले बजारको अनुगमन गरेको छ । बजारमा अव्यवस्थित रुपमा गरेको पार्किङले गर्दा आम नागरिकले सास्ती भोग्नु परेको भन्ने जनगुणासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अग्रसतामा ट्राफिक प्रहरी, पत्रकारलगायतको टोलीले बजार क्षेत्रको अनुगमन गरेको हो । तुलसीपुरको बजार एरिया ‘क’ लाइन, ‘ख’ लाइन, ‘ग’ लाईनमा गरिएको अनुगमनको क्रममा पार्किङ स्थलसहितको घर बनाएपनि त्यहाँ पसल, होटल, गोदामहरु सञ्चालन भएको पाइएको छ । तुलसीपुरको ‘क’ लाईनमा रहेको राष्ट्रिय वाणिज्य बंैक भएको घरको पार्किङ गर्ने स्थानमा होटल तथा बुटिक पसल सञ्चालन भएको छ भने नबिल बैंक भएको घरको पार्किङ स्थलमा पनि गोदाम राखिएको पाईएको हो ।
अनुगमन पछि उपमेयर स्यानी चौधरीले पार्किङ स्थलसहितको घर बनाए पनि त्यहाँ व्यवसाय सञ्चालन गरिएकाले तुलसीपुर उपमहानगरपालिकाबाट घरधनी तथा व्यवसायीहरुलाई पत्र पठाएर पार्किङ स्थलको स्थान खाली गर्न लगाउने बताईन् । ‘पार्किङ स्थल भनेर घर बनाएर त्यही स्थानमा व्यवसाय सञ्चालन गरेको पाईयो, यसरी पार्किङ स्थलमा व्यवसाय सञ्चालन गर्दा सडकमै गाडी, बाइक पार्किङ गर्नु परेको छ, अब उपमहानगरपालिकाले पार्किङ स्थल खाली गराउनका लागि अल्टिमेटमसहितको पत्र पठाउछ उपमेयर चौधरीले भनिन’ । त्यसका साथै तुलसीपुर बजार क्षेत्रमा जथाभावी रुपमा राखिएको निर्माणका सामग्रीहरु ढुङगा, गिट्टी, बालुवा निर्माण सम्पन्न भएको लामो समयसम्म बाटोमै राखेकाले घरधनीले नहटाए उपमहानगरपालिकाले लैजाने बताइन् ।
त्यसका साथै बजारमा नयाँ घर बनाउनेलाई पार्किङको लागि अनिवार्य रुपमा (अन्डर ग्राउनण्ड) सहितको घर निर्माण गर्न आग्रह गर्ने बताइन । उपमेयर चौधरी चार्डपर्व नजिकिदै गर्दा तुलसीपुरमा व्यवस्थित पार्किङसहित खाल्डाखुल्डी पुर्ने, अस्तव्यस्त अतिक्रमणलाई व्यवस्थित गर्ने काममा अग्रसर भएकी छिन् । उक्त अवसरमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख उत्तम कुमार जिसीले तुलसीपुर उपमहानगरपालिकाले ‘ग’ लाइनमा पीचदेखि बाहेकको एरियामा डोजरले सम्माएर रोलर लगाएर पछि पार्किङको लागि ठाउँहरु हुने बताए ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य सँघका महासचिव बिनिल केसीले तुलसीपुर बजारको अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्नुपर्ने बताए । चार्डपर्व नजिकिए संगै बजारमा किलमेल गर्नेको भीड हुने र अव्यवस्थित पार्किङका कारण बजारको सुन्दरता हराउनुका साथै दुर्घटनाको जोखिम पनि हुने भएकाले पार्किङ व्यवस्थित हुनु पर्ने महासचिव केसीले बताए । व्यवस्थित पार्किङको लागि तुलसीपुर उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने उनको भनाइ छ ।
तस्बिर: शरद