२०८० असोज ९ गते मङ्गलवार

तुलसीपुर मा पालिका स्तरीय रिटर्नी संजाल गठन ।




भदौ २३ •श्रीधर साहु•
पालिका स्तरीय रिटर्नि संजाल नेटवर्क गठन कार्यक्रम तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न भएको छ।कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका सुचना शाखा प्रमुख/सामी फोकल पर्सन बाबुराम न्यौपाने को संयोजकत्वमा सम्पन्न भएको छ। उहाँ ले वैदेशिक रोजगारी भन्दा देशमा केही गर्नु पर्छ र युवाहरु ज्ञान शिक्षा सँगै सीप हनु पर्ने , वैदेशिक समस्या हरु को साबधान गर्न पहिले स्थानीय टोल संस्था बाट यसको समस्याको सावधान कार्यक्रम हरु को संचालन गर्न आबश्यक रहेको बताउनु भएको थियो। त्यसै गरि कार्यक्रम मा बोल्ने क्रममा सामि कार्यक्रमका जिल्ला संयोजक बसन्ता पुन ले विदेश जाँदा के गर्ने ,वैदेशिक समस्याहरु साबधान कसरी गर्ने,यदि कहिकतै वैदेशिक रोजगारी मा गएका नेपाली हरु को मृत्यु भएमा कहाँ सम्पर्क गर्ने ,विदेश सम्बन्धित जानकारी लागि कहाँ जाने र स्थानीय निकाय कसरी सहयोग लिने वैदेशिक शिक्षा मुलक सन्देश हरु कार्यक्रम हरु स्थानीय तहमा कसरी र किन गर्ने भन्ने कुरा जानकारी गराउनु भएको थियो ।यदि तपाई हाम्रो गाउँघर मा यस्ता वैदेशिक समस्या छन् भने ईलाका प्रशासन शाखा तुलसीपुर को कोठा न ८ र आफ्नो स्थानीय निकाय मा सम्पर्क गर्न आग्रह गर्नु भयो । त्यसै गरि सामाजिक परामर्शकर्ता जया पाण्डे ले पहिलो स्थानीय तहमा भएका वैदेशिक समस्याहरू धेरै भएको र तेसका लागि स्थानीय शैक्षिक संस्था हरु मा पनि यसको कार्यक्रम संचालन गर्न आबश्यक रहेको बताउउनु भयो।
कार्यक्रममा जिल्ला संयोजक बसन्ता पुन ,तुलसीपुर उपमहानगरपालिका सुचना प्रमुख बाबुराम न्यौपाने , मनो सामाजिक परामर्शकर्ता जया पाण्डे ,ढोलक खत्रि ,प्रभा रोका लगायत १ देखि १९ वाडा सम्म का वैदेशिक रोजगार बाट फर्किएका युवाहरु को उपस्थित रहेको थियो । कार्यक्रम ले श्याम बुढा को अध्यक्षतामा ९ सदस्यीय पालिका स्तरीय रिटर्नि नेटवर्क समिति गठन समेत गरिएको थियो

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार