
भदाै ।२
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाईन्स)रोल्पाकाे अध्यक्षमा टीका घर्ती मगर चयन हुनुभएकाे छ । एलाईन्सकाे बिहिबार लिबाङमा सम्पन्न प्रथम अधिबेशनबाट टीका घर्ती मगरकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको हाे । अधिबेशनबाट
सुधा न्याैपाने उपाध्यक्ष, मदन घर्तिमगर सचिब, तेजमाया घर्तिमगर काेषाध्यक्ष तथा कमानसिंङ बाँठामगर, खकेन्द्र वलि, जयन्द्र केसि, निरास पुन, मनिषा घर्ती, फर्किमाया राेका, ईक बहादुर घर्ती र धनिषा बुढा मगरलाई कार्यसमितिमा चयन गरेकाे छ ।
टिका घर्तिमगरकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला ईन्चार्ज नवीन राेका मगरकाे प्रमुख आतिथ्यता, मानबअधिकार एलाईन्सका केन्द्रीय सचिव शाेभाराम डाँगिकाे विशेष आतिथ्यतामा सम्पन्न अधिबेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय ईश्वरी जि. एम., यमुना राेका, एमाले राेल्पाका अध्यक्ष बालाराम बुढा, एमाले केन्द्रीय सल्लाहकार रिमा नेपाली, एमाले प्रदेश कमिटी सदस्यहरु घनश्याम अाचार्य, साबित्रा बुढा, मिना बुढा लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे।
अधिबेशनले राेल्पामा बिद्यार्थीहरुले शैक्षिक सत्र सञ्चालनकाे लामाे समय बित्दा पनि पाठ्यपुस्तक नपाएको, गाउँघरमा म्याद नाघेका खाद्यान्न सामग्रीहरुकाे प्रभावकारी बजार अनुगमन, किसानहरुले समयमै मल नपाउदा झेल्नुपरेकाे सास्ति, जिल्लामा पछिल्लो समय घटिरहेका मानवअधिकार उल्लघंनका घटनाहरु लगायतका बिषयमा चाडैं जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण गराउने समेत निर्णय गरेकाे नवनिर्वाचित अध्यक्ष टीका घर्तिमगरले बताउनुभएकाे छ।
अधिबेशन उद्घाटन समारोहकाे सञ्चालन कृष्णिकुमारी गाैतमले गर्नुभएको थियाे । नबगठित कमिटीलाई मानबअधिकार एलाईन्सका केन्द्रीय सचिव शाेभाराम डाँगिले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे थियाे।