२०७९ मङ्सिर १७ गते शनिवार

घोराहीबाट द्वाङपुर जार्दै गरेको बसबाट खसेर एक घाइते



९ साउन/ दाङमा गुडिरहेको यात्रुवहाक बसबाट खसेर एक जना घाइते भएका छन । घाइते हुनेमा घोराही उपमहानगरपालिका १५ बस्ने १५ वर्षीय विजय मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आज विहान घोराहीबाट द्वाङपुर तर्फ जादै गरेको रा १ ख ७४१ नम्बरको बसबाट झर्नेक्रममा चोट लागेर उनि घाइते भएको प्रहरीले बताएको छ ।

अहिले उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार