२०७९ माघ १७ गते मङ्गलवार

ग्रामिण सडकमा यात्रु हिड्नै डराउछन्



रकुम पश्चिमको सोलाबाङ–धाउने–वालुवा सडक खण्ड अन्तरगत विभिन्न ठाउँमा पहिरो खस्दा सवारी सञ्चालनमा समस्या भएको छ । वर्षा सुरु भए यता उक्त सडक खण्डको मुसीकोट नगरपालिका १ र २ का विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरो खसेपछि सवारी साधन संचालनमा निकै समस्या हुने गरेको हो ।सडकमा साना–ठुला पहिरा खसेका छन् भने कतै रुख ढलेका छन् । गिलवाङ, राउखेत, सिस्नेखोला लगायत ठाउँमा निकै जोखिम रहेको सवारी चालकको भनाई छ । सिस्नेखोला र राउखेत छुट्टिने ठाउँमा पहिरोका कारण बाटो साघुरो हुदा सवारी दुर्घटनाको जोखिम बढेको सवारी चालक सरद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खसेको र हिलोको कारण सवारी साधन चलाउन जोखिम बढेको हो ।
असारमा सडक डवल कटिङको नाममा खनिए पछि सडक हिलाम्मे भएको छ । हिलोको कारण सवारी साधन सडकमा गुड्नै नसक्ने स्थानीय रमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडिमा यात्रा गर्दा निकै डराउनु पर्ने अवस्था छ । उक्त सडक खण्ड जिल्लाको पुरानो सडक हो । यहि सडक भएर दैनिक २ सय भन्दा बढि गाडि चल्ने गर्छन । रुकुम पश्चिमको आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र रुकुम पूुर्वको सिस्ने गाउँपालिकाका विभिन्न ठाउँमा जाने गाडी त्यहि सडकखण्ड भएर चल्ने गर्दछन् ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार