२०८० फाल्गुन ९ गते बुधवार

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान



पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार