२०८० चैत्र १६ गते शुक्रवार

अज्ञात समूहको कुटपिटबाट यातायात प्रा.लिका अध्यक्ष वलि घाइते



दाङ, २८ असार । रमेश वलि

दाङको तुलसीपुरमा अज्ञात समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । गए राति तुलसीपुर घोराही सडक खण्डको विजौरी स्थित विजौरी बाट तुलसीपुर आउने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले रा५प ८६४८ नम्बरको मोटरसाइकललाई रोकी तुलसीपुर उपमहानगरपालिका ०५ निवासी बेत प्रकाश वलीलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

वलीलाई स्थानीयले सडक किनारमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरुमा दुर्घटनाको अनुमान गरिएको थियो । वली होसमा आएपछि कुटपिट भएको कुरा बाहिरिएको हो । घाइते भएका वलिको अनुहार र शरिरमा गम्भीर चोट लागेको छ । उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । कुटपिटमा संलग्न रहेका दुई जना युवाहरु फरार भएका छन ।

आक्रमण गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यमु अर्यालले जानकारी दिनुभयाे । घाईते वली दाङ भ्याली यातायात प्रालिका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार