२०८० चैत्र १६ गते शुक्रवार

आफ्नो योजना छान्न ब्यस्त छन तुल्सिपुर उपमहानगरपालिका वार्ड न १९का वार्डबासिहरु




दाङ
असार १
नयाँ जनप्रतिनिधि आएसँगै तुलसीपुर उपमहानगरपालिका—१९ मा योजना छान्न वार्डबाशिहरुको उत्साहजनक सहभागिता देखिएको छ ।

योजना छान्न वडा कार्यालयले सबैको सहभागिताको आह्वान गरेपछि वडा माताहतका सबै टोल विकास समितिका अगुवाहरु, शिक्षा क्षेत्रका अगुवा, स्वास्थ्य, सडक क्षेत्रका अगुवादेखि किसान र गृहिणीहरुसम्म पनि योजना तर्जुमा गोष्ठीमा सहभागी देखिएका छन् ।
वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको योजना तर्जुमा गोष्ठीमा वडाका सबै कर्मचारीदेखि वडा सदस्यहरु समेतको बाक्लो उपस्थिति थियो ।
सो अवसरमा वडाध्यक्ष प्रेमनाथ योगीले वडाको समानुपातिक एवं समावेशी विकासमा सधैं प्रतिबद्ध रहेको बताउँदै हरेक टोलमा हुने विकास निर्माण पहुँचका आधारमा नभएर आवश्यकताका आधारमा हुने प्रतिबद्धता जनाएका थिए । उनले स्थानीय स्वायत्त ऐनले तोकेको क्षेत्रभित्र रहेर हरेक क्षेत्रलाई समृद्ध बनाउन बजेटले सम्बोधन गर्ने पनि बताए ।
उक्त कार्यक्रममा नेकपा माओवादीका दुर्गाबहादुर विक, नेपाली कांग्रेसका पदम बहादुर वली, एमालेका लोक बहादुर रोका, नेकपाका वीर बहादुर वली, राप्रपाका वीर बहादुर मल्ल, स्थानीय साक्षी खबरका सम्पादक/प्रकाशक पत्रकार राकेश बस्नेत, बिजौरी उद्योग वाणिज्य संघका सदस्य गोबिन्द रोका, स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द पार्धे लगायतले आआफ्नो क्षेत्रका योजनाहरु वडा भेलामा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार