२०८२ बैशाख २९ गते मङ्गलवार

के-के छन् प्राथमिकताहरु लुम्बिनी प्रदेशको बजेटमा




दाङ
असार ०१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा बुधबार आर्थिक मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।


प्रदेश सरकारले एक स्थानीय तह एक नमुना कृषि कार्यक्रमदेखि प्रदेश गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखिएका छन् । प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा कुल बजेटको ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको छ । बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ४० अर्ब ९५ करोडको बजेट छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार