२०८१ बैशाख १३ गते बिहिवार

मेट्राेमा थप कक्षा थप्न आग्रह




गाेकर्ण पाैडेल
बुटवल असार १
तुलसिपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकाे मेट्राे कलेजमा लुम्बिनी बाैद्ध विश्वविद्यालयले थप कक्षा सञ्चालनमा चासाे व्यक्त गरेकाे छ । कलेजले विश्वविद्यालयकाे सम्बन्धनमा स्नातक तहमा कानुन विषय पढाउदै अाएकाे छ । डिप्लाेमा तहमा भने कृषि वन विज्ञान पढाउदै अाएकाे छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्य र नगरप्रमुख टीकाराम खडका,कुलसचिव डा तिलकराम अाचार्य र उपप्रमुख स्यानी चाैधरीबीच छलफल भएकाे थियाे । छलफलका क्रममा उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्यले हाल सञ्चालन भइरहेका विषयकाे समीक्षा गरेर कक्षा थप गर्न सकिने बताउनुभयाे । उहाले दाङमा अार्युवेद क्याम्पस,वन जङ्गलले भरिपूर्ण जिल्ला भएकाले कृषि वन विज्ञानमा स्नातक तह कक्षा सञ्चालन गर्न सकिने बताउनुभयाे।
नगरप्रमुख टीकाराम खडकाले नेपालभरबाट मेट्राे कलेजमा कानुन विषय पढ्ने विद्यार्थी अाकर्षण बढेकाले सङ्ख्या ४० बढाएर ८० जना पुर्याउन अाग्रह गर्नुभएकाे थियाे । नगरप्रमुख खडकाले स्थानीय सरकारले शिक्षा क्षेत्रकाे स्तराेन्नतिका लागि सहयाेग गर्न अाग्रह गर्नुभयाे ।उपप्रमुख स्यानी चाैधरीले समाजमा विकासकाे पूर्वाधार शिक्षा भएकाले थप कक्षा सञ्चालनमा सहयाेग गर्न अाग्रह गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार