२०७९ माघ १७ गते मङ्गलवार

लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ



काठमाडौं, ३१ जेठ
। लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ । उनले तुल्सीपुरस्थित आलुमण्डीमा एकराज बस्नेतको घर पुगेर आक्रमण गरेको घटनापछि हटाउने तयारी भएको हो ।

बिमलाले विहानै एकराजको घर पुगेर उनकी पत्नी मीना भण्डारीलाई कुटपिट गरेको खुलेको छ । त्यसपछि मीनाले आफन्त र स्थानीयलाई बोलाएपछि नियन्त्रणमा राखिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

बिमलाले एकराजलाई आफ्नो पोइ भन्दै मीनामाथि आक्रमण गरेका थिए । यो घटनाले विमला फेरि विवादमा परेकी छिन् ।

तत्कालीन नेकपा एमालेका प्रदेश सभा सांसद उत्तरकुमार वलीको निधनपछि बिमला उपनिर्वाचन लडेर विजयी भएकी थिइन् । त्यसपछि उनी एमाले र माओवादीमा जाने र फर्कने गरेर चर्चामा आइन् । बार्गेनिङ्ग गरेर राज्यमन्त्री सम्म बन्न सफल भइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार