जेठ २३ गते”””””
अर्जुन राेका मगर
नमः छु बौद्ध विहारको उद्घाटन डिल्ली बहादुर चाैधरि
तुलसीपुर उपमहानगरपालिका दाङमा रहेको नम छु बौद्ध बिहार गुम्बाको उद्घाटन यही जेठ २६ बिहिवार दिन गरिने भएकाले । गुम्बाको उद्घाटन लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी मन्त्री डिल्ली बहादुर चाैधरि गर्ने भएका छन् ।
नेपाल मगर बौद्ध सेवा समिति दाङको मगरको अध्यक्षतामा शनिवार तुल्सिपुरमा बसेको बैठकले उक्त उद्घाटन कार्यक्रमको लागि विभिन्न उपसमिति गठन गरेको छ। बैठकले आर्थिक संयोजकमा देव बहादुर रोका मगर , अतिथी सत्कार संयोजकमा टोप बहादुर घर्ती मगर ,प्रचार प्रसार संयोजकमा प्रेम विवश घर्ती मगर , मञ्च व्यवस्थापन संयोजकमा राम कुमार घर्ती मगर , सँस्कृतिक संयोजकमा दत्त बुढा मगर र जलपान व्यवस्थान संयोजकमा रुपलाल घर्ती मगरलाई चयन गरेको छ ।
जेठ २६ बिहिबार गते विहान ११ बजे तुलसीपुर अरनिको मैदानबाट नमः छु बौद्ध विहारको समुद्घाटन कार्यक्रम सोही दिन नेपाल मगर मौद्ध सेवा समितिको प्रथम अधिवेशन समेत हुने संयोजक प्रेम विवश घर्ती मगरले जानकारी दिनु भएकाे छु उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ