२०८१ बैशाख १३ गते बिहिवार

निर्बाचन मा पराजित भए पछि नेकपा एकीकृत समाजबादी दाङ का जिल्ला इन्चार्ज जोग बहादुर राणा ले दिए पद बाट राजिनामा




दाङ
जेष्ठ १०
डिल्लीराज भुसाल
नेकपा एकीकृत समाजबादी का केन्द्रिय सदस्य एबम दाङ जिल्ला इन्चार्ज जोगबहादुर राणा ले आज दाङ जिल्ला को इन्चार्ज बाट राजीनामा दिनु भएको छ।
आफ्नो नेतृत्वमा रहेको नेकपा एकीकृत समाजबादी ले स्थानीय तहको निर्बाचनमा दाङ मा हार ब्यहोरे पछि आफ्नो नैतिकताले दाङको नेतृत्वदायी भुमिकामा बस्न नहुने र हार को जिम्मेवारी लिदै पद बाट राजिनामा दिएको आज सामाजिक संजाल बाट जानकारी दिनु भएको छ।

उहाँले सामाजिक संजाल मा लेखेको पुर्ण पाठ:

मुलुक भरि एकीकृत समाजवादी पार्टी ले ७ महिना भित्र प्रतिगमन बिरुद्द देशै भरि आफ्नो अस्तित्व का साथ आफ्नो दरिलो उपस्थिति जनाएको छ ! नयॉ पार्टी ,नयॉ संगठन भए पनि छोटै समयमा पनि आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको छ / मेरो नेता माधब कुमार नेपाल ले केपि ओलि लगायत धेरै नेता हरुले सॉसद मा हार बेहोरे पछि नैतिकता का आधार मा पार्टी प्रमुख बाट राजिनामा दिनु भएको थियो ; मैले त्यहि अनुसरण गर्दै नेकपा एकीकृत समाजवादी दॉग ज़िला ईन्चार्ज बाट यसै बकतब्य मार्फत राजिनामा दिएको छु “” दॉग ज़िला मा माननिय संसद हिरा चन्द्र के सि , सभासद अनारकलि मियॉ सॉसद सारदा स्वर्णकार दॉग जिल्ला उप संयोजक हुनु हुन्छ, त्यसतै दॉग बाट प्रतिधित्व गर्ने सॉसद तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी र पुर्ब सॉसद एकीकृत समाजवादी को केन्द्रीय सचिव भागबत बिस्वासि जस्तो नेता को दॉग मा ठुलो भुमिका छ “ यति हुदा हुदै पनि दॉग ज़िला मा म पार्टी को ईन्चार्ज भै रहदा -हाम्रो पार्टी ले एकीकृत समाजवादी पार्टी लाई बिजय गराउन सकिन …. त्यस कारण म हाम्रो पार्टी को केन्द्रीय सदस्य मात्र रहि बॉकि दॉग ईन्चार्ज बाट राजिनामा दिएको छु ।
जोग बहादुर राना
एकीकृत समाजवादी केन्द्रीय सदस्य दॉग ईन्चार्ज
तुलसीपुर उप महानगर नगर पालिका वडा न ७ दॉग

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार