२०८१ माघ २४ गते शुक्रवार

वार्डको समृद्धि मेरो पहिलो दृस्टी हो: वार्ड न ७ का वार्ड अध्यक्ष का उम्मेदवार रामबहादुर जि.सी.




बैशाख १४
केही बर्ष पहिले कोरोना संक्रमण को बेला दिन र रात नभनी २४ घन्टा जनताको सेबा मा तल्लीन हुने वा असार श्रावण महिना को बेला कहि कतै बाढीपहिरो आउँदा होस वा कहि कतै कसैको घरमा दु:ख पिर पर्दा कसैको घरमा आगो नबोल्दा अरुको पिडालाई आफ्नै पिडा जस्तो सम्झने एक पात्र हुन रामबहादुर जिसि।


तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ को वार्ड सदस्य को रुपमा रहेर जनता को सेवा गरिसक्नु भएको रामबहादुर जिसि आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत गठबन्धन दलहरुको तर्फ बाट तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत सहित वडा सदस्य पदमा निर्वाचित जिसीले विगतका अधुरा कार्यहरुलाई पुरा गर्न र नमुना वडाका रुपमा विकास गर्नका लागि यस पटक वडा अध्यक्षमा आफनो उम्मेदवारी रहेको बताउनु भएको छ ।

तीन दशक अघि बाट नेपाली काङ्ग्रेस को राजनीति गर्दै विभिन्न सघं–सगठनमा आवद्ध रहेर काम गरी सकेको अनुभुबी नेता लाई आसन्न निर्बाचन मा वार्ड अध्यक्ष को उम्मेदवार हुनु वार्डबासीहरु को लागि एक अबसर रहेको वार्डबासी बताउछ्न । उहा स्थानीय राजनितिमा एउटा छुटै पहिचान बनाउन सफल युवा नेता तथा सामाजिक अभियान्ताका रुपमा परिचित हुनुहुन्छ । उहाले आफ्नो उम्मेदवारी समग्र वार्डको विकासका लागि भएको बताउनु भयो ।

समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको उहाको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको जि.सी.को भनाई छ । उहा भन्नुहुन्छ म मेरो वार्ड को समृद्धि र बिकासको लागि उम्मेदवार बनेको छु।म मेरै कार्यकाल मा वार्ड लाई समृद्धि को दिशामा अगाडी लैजाने छु। जि.सी.को लगशिलता, सफल नेतृत्व गर्न सक्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण उहा स्थानिय जनतामा वडा अध्यक्ष पदका लागि सवार्धिक चर्चामा रहनु भएको हो ।मेरो उम्मेदवारी समग्र वडाको विकासका लागि हो, उहाले भन्नुहुन्छ। उहाको क्षमता, लगनशीलता र वडा सदस्य हुँदा गरेको काम नै चुनाव जित्ने आधार रहेको स्थानीय बताउछन् ।
बिगतको वार्ड ले थालनी गरेको कार्यक्रम र योजना लाई पुर्ण दिन को लागि पनि र समृद्धिको योजना लाई सार्थक बनाउन को लागि पनि आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनु हुन्छ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार