२०७९ मङ्सिर १४ गते बुधवार

थुतुनाभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे:ओली




चैत्र २६
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष ओलीले सरकारका पछिल्ला गतिविधिहरुप्रति कटाक्ष गरे ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त पार्ने अर्थमन्त्री जनार्दन शर्मा तर कारवाहीमा पर्ने गभर्नर भन्दै आपत्ति जनाए ।

मन्त्री शर्माप्रति व्याङ्ग्य गर्दै उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो। धान खाने मुसो । चोट खाने भ्यागुतो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो।’

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन गर्न समिति पनि गठन गरिएकाे छ ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार