२०८० चैत्र १६ गते शुक्रवार

दलित भेदभाव न्युनिकरण गर्न सरोकारवालाहरु सँग छलफल




चैत,१४ साेमबार

कपिल लामिछाने,,,,,,,,,,
आज राष्ट्रिय दलित आयोगले दलित भेदभाव न्यूनिकरण गर्नका लागी रोल्पाको सदरमुकाम लिवाङमा एक कार्यक्रम सम्पन्न गरको छ ।
देशमा भईरहेको जात जात बिचको बिभेदलाई अन्त्य गर्न र हामी सबै नेपाली एकै हौँ भन्ने उदेश्यले राष्ट्रिय दलित आयोग कार्यक्रम गर्दै आईरहेको छ । जहाँ समस्या त्यहाँ राष्ट्रिय दलित आयोग भन्ने नारालाई आत्मसात् गर्दे बिभिन्न जिल्लामा कार्यक्रम गर्ने क्रममा आज रोल्पामा बिभिन्न सरोकारवालाहरु सँग छलफल गरि केहि निर्णयहरु पास समेत गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देबराज बिश्वकर्माले नेपालमा ब्याप्त रहेको जात जातबिचको बिभेदलाई अन्त्य गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
बिश्वकर्माले उत्पीडनमा परेका, जातपातकै कारण पछाडि परेका कयौँ दलित समुदाय आज पनि गरिवीको रेखामूनी रहेको भन्दै उनिहरुको उज्वल भबिश्यका लागी सम्पुर्ण सम्बन्धित निकायले बिभिन्न जनचेतनाका कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनुभयो । समाजमा ब्यक्ति जतिसुकै शिक्षित भएपनि ब्यक्तिको चेतनामा परिवर्तन नआउदा सम्म दलितहरु माथी आक्रमण हुने घटना नरोकिने समेत जिकिर गर्नुभयो । साथै उहाँले राष्ट्रिय दलित आयोगले दलित समुदाय प्रति भईरहेका घटनाहरुको बारेमा गहिरो अनुसन्धान गरिरहको र दलित समुदायहरुको हक र हितका लागी जस्तोसुकै जोखिम मोल्न पनि आफु तयार भएको बताउदै रोल्पामा यस्ता किसिमका गतिविधिहरु गर्न नहुन र यस्ता गतिबिधि रोक्न जिल्लाले आफ्नो भूमिका निभाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध समेत गर्नुभयो ।
सोहि कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रोल्पामा दलित समुदायहरुमा कहिकतै त्यस्ता समस्याहरु देखिएका र त्यस्ता समस्याहरु अब उपरान्त हुन नदिनका लागी आफुले कदम चाल्ने कुरा बताउनुभयो ।
कार्यक्रममा बटुकदल गण रोल्पाका प्रमुख सेनानी मणीराम थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे, ससस्त्र प्रहरी नायव उपरिक्षक होमनाथ भट्टराई लगाएकाले आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रमले रोल्पा जिल्ला भित्र रहेका दलित समुदायहरुका बिचमा रहेका समस्याहरुलाई टिपोट गर्ने र राष्ट्रिय दलित आयोगबाट दलित समुदायको हक र हितका लागी भएका निति निर्णयहरु कार्यान्वयन गराउन र यसलाई अझै थप प्रभावकारी जिल्ला भित्र दलित भेदभावलाई न्युनिकरण गर्न जनचेतना गर्ने निर्णयहरु गरेको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षता एवम् राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देबराज बिश्वकर्माको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थयो भने कार्यक्रमको सहजिकरण राष्ट्रिय दलित आयोगका अध्यक्षका स्वकीय सचिव ईन्द्र बहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार