२०८० मङ्सिर २४ गते आइतवार

अनेरास्ववियु त्रिवेणी गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न



अमृत वली….
::::रोल्पा
२०७८चैत्र१२
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय) को त्रिवेणी गाउँपालिका कमिटीको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ ।।
उक्त प्रथम अधिवेशनबाट एकराज केसीको अध्यक्षतामा २५ सदस्यीय पालिका स्तरीय कार्यसमिति चयन गरेको छ ।।
अनेरास्ववियु जिल्ला कमिटी संयोजक प्रकाश बुढाको सभाअध्यतामा सुरुभएको कार्यक्रममा प्रमुख अथितिमा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्त कुमार वली , बिशिस्ट अथितिहरुमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमराज घर्ती , त्रिवेणी गाउँपालिका उपाध्यक्ष साबित्रा कुमारी बुढा घर्ती , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह_संयोजक सन्तोष बाठा,अथितिहरुमा नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिवालय सदस्य तथा त्रिवेणी गाउँपालिका इन्चार्ज हुम बहादुर बाठा , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी रोल्पा जिल्ला कमिटी इन्चार्ज टीका घर्ती , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवाफाट रोल्पा जिल्ला कमिटी इन्चार्ज केशब बुढा लगाएतको आथित्यता रहेको थियो ।।
कार्यक्रममा बोल्दै बिशिस्ट अथिति तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य सन्तोष बाठाले यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि भएको हो। २०२२ जेष्ठ १ गते स्थापना भएको यो सङ्गठन नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन को नेता सङ्गठन हो, यो सङ्गठन नेपालका धेरै क्याम्पसमा रहेका छन्। राम्रो शिक्षाका लागि यो सङ्गठनले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यो सङ्गठनले विभिन्न जिल्लामा विभिन्न बिधाहरूमा उत्कृष्ठ व्यक्तीहरूलाई सम्मान गरी हौसला बढाउने कार्यहरू गर्दै आएको छ। यसले विश्व प्रतिष्पर्धि नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको छ। हाल अनेराश्ववियूले विभिन्न क्याम्पसहरूमा शिक्षा निम्ति कार्यक्रमहरू गर्दै आएको कुरा अनेरास्ववियुका बिद्यार्थी सामु प्रस्ट पार्नु भएको हो।।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार