
चैत्र १२
आगामी बैसाखमा हुन गइरहेको स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा मत बाझिंदा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संकटमा परेको छ ।
कपिलवस्तुमा चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पेश गरेको चुनावमा सहभागी हुनुपर्ने प्रस्तावमा केन्द्रीय सदस्य तथा सल्लाहकारहरु बीच मत बाझिएको हो ।
केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले चुनाव उपयोग गर्ने विप्लवको प्रस्तावको विपक्षमा धारणा राखेपछि महासचिव विप्लवले बैठक स्थगित गरेका थिए ।
केन्द्रीय समिति बैठकमा उठेका धारणाहरु बारे निणर्य गर्न बस्ने भनिएको सचिवालय बैठक रोकेर महासचिव विप्लवले शुक्रबार राती चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर भनेर चिनिएका सचिवालय सदस्यहरु हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलासँग छुट्टै परामर्श गरेको बताइएको छ ।
बैठक आज पनि चलिरहेको छ । स्थानीय चुनावमा सहभागी हुनुपर्ने प्रस्तावको पक्ष र विपक्षमा बोल्ने केन्द्रीय नेताहरु यसप्रकार रहेका छन् ।
चुनावको पक्षमा :
नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ओमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झांक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।
राजनीतिक प्रस्ताव (चुनाव) को विपक्षमा :
हेमन्तप्रकाश वली, धर्मेन्द बास्तोला, चुडामणि वली ‘आदर्श’, उदयबहादुर चलाउने‘दिपक’, विजय श्रेष्ठ ‘प्रज्वलन’, सन्देश पौडेल, मोहलाल चन्द ‘आधार’, बलबहादुर वली ‘शितल’, गुणराज लोहनी, ध्रुव घिमिरे ‘विप्लव’, सावित्रा दुरा, नवीन विक, बन्धु चन्द, निर्मल थमनसिंह राई, देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेश, पूणर्बहादुर सिंह, रुपेश, विकिरण, जुझारु, सुवास बाँठामगर, विश्व संगम (मुगु), नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर बिसी, समर शाही, सविन पोख्रेल, सरद वली, संगम (कपिलवस्तु), संगम (जाजरकोट), जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा उपाध्यक्ष, उभार पुन, बाला थापा‘कृति’ ।
सल्लाहकारहरु :
असारे काका
चित्रबहादुर आले
दिर्घ पाण्डे
शंकर खड्का
हेम खतिवडा (अनुपस्थित) ।
विप्लव आफैले चुनावलाई उपयोग गर्ने प्रस्ताव ल्याएपछि यो पार्टी पनि संसदीय धारमा आएको धेरैको अनुमान सावित हुन थालेको छ ।