२०८१ माघ २७ गते सोमवार

आउदै स्थानीय चुनाव : मतदाता कहाँ कति ?




चैत्र ०५
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको छ ।

यस अनुसार थप दुई लाख युवाहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता हुनेछन् ।
आयोगका अनुसार मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् । मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् ।

पालिकाको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख छ सय ८७ मतदाता रहेका छन् । काठमाडौंपछि कास्कीको पोखरा महागरपालिकामा २ लाख ८ हजार ७० मतदाता रहेका छन् ।

पोखरापछि सबैभनदा धेरै मतदाता रहेको पालिका हो चितवनको भरतपुर महानगरपालिका हो । भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार ६ सय ६९ मतदाता रहेका छन् । यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो ।

मनाङमा ६ हजार ५ सय ७१ मतदाता छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७ सय ९० जना मतदाता छन् ।

सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ मतादता रहेका छन् ।
मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम मतदाता रहेको पालिका हो । जहाँ ४५० मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता रहेको ३ पालिकामध्ये मनाङकै चामे र डोल्पाको ताङसोङ परेको छ । चामेमा ७ सय २२ र ताङसोङमा ९ सय ८४ मतदाता छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार